प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०७९
रुपन्देहीको विभिन्न स्थानमा आगालागी हुँदा ३५ लाख बराबरकी धनमाल जलेर नष्ट भएको छ।
२०७९-०२-०३

            रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम प्लटलाईनस्थित मदन भुसालको एमबि ट्रेड्सको अगरबत्ताको धुलो रहेको गोदाममा सोमबार राति आगलागी हुँदा करिब १ सय ५० बोरा अगरबत्तीको धुलो जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।             यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-६ ज्योतीनगरस्थित गुप्त बहादुर खत्रीको खत्री प्रकाशन सामग्री छापाखानामा विद्युत सर्ट भई गएराति आगलागी हुँदा छापाखानामा रहेका सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०७९-०२-०३

दाङ, ३ जेठ             तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।             रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग ख़रीद गरी ल्याएको खुलेपश्चात बाल्मिकीको  कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप असुन्धान गरिरहेको छ ।